२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुँदै

अ+ अ-

काठमाडौँ । बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोग तथा नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)को आयोजनामा यही वैशाख २८ देखि ३० गतेसम्म ट्राभल मार्ट हुन लागेको हो ।

‘एक्सप्लोर द बुद्ध ल्यान्ड’ भन्ने मूल नाराका साथ हुन लागेको उक्त ट्राभल मार्ट सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा समितिसमेत गठन गरिसकिएको छ ।

मार्टमा नेपालका पर्यटनसँग सम्बन्धी संस्थाका प्रतिनिधि, व्यवसायीका साथै भारत, चीन, भुटान, श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, कोरियालगायतका एक दर्जनभन्दा बढी मुलुकका भिक्षु, टुर अपरेटर, बुद्धिस्ट एशोसिएसनका प्रतिनिधि, नेसनल टुरिजम काउन्सिलका प्रतिनिधिलगायतको सहभागिता रहने नाट्टाका अध्यक्ष रमेश थापाले जानकारी दिए ।

लुम्बिनीको होटल पवन प्यालेसमा हुने उक्त मार्टमा नेपाल र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन र सम्भावनाबारे प्रस्तुतीकरणका साथै ‘वि टु वि’ बैठक हुने अध्यक्ष थापाले बताए । उक्त मार्टमा देश र विदेशका दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ भने उक्त मार्ट सम्पन्न गर्नका लागि रु एक करोड ६० लाख हाराहारीमा खर्च हुने आयोजकले जनाएको छ ।

तीन दिनसम्म चल्ने मार्टको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस