काठमाडौँ । नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवरको अमेरिकाको भ्रमण रद्द भएको छ। लिडरसिप एक्सचेन्ज कार्यक्रममा आइजिपी कुँवर जाने तय भएपनि अन्त्यमा उनले आफ्नो भ्रमण रद्द गरेका हुन्।
भुटानी शरणार्थी प्रकरणका कारण उनले भ्रमण रद्द गरेको हुनसक्ने प्रधान कार्यालय स्रोतको भनाई छ ।
उनको सट्टामा एआइजी किरण बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेका छन्।