२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङका विद्यालयमा पुस्तक पुर्‍याउनै सकस

अ+ अ-

मनाङ । हिमाली जिल्ला मनाङ विकट क्षेत्र भएकाले यहाँका बालबालिकालाई शिक्षा आर्जन गर्न सकस पर्ने गर्दछ । बिस्तारै शिक्षाको पहुँच पुगेको मनाङका विकट स्थानमा पुस्तक पुग्नै समय लाग्छ ।

विद्यालयमा पुस्तक पुर्‍याउन पुस्तक पसलमार्फत टेन्डरमा ल्याउनुपर्ने भएकाले अझ पुस्तक ढिला गरी आउन थालेको छ । विद्यालयले ल्याउने गरेको अवस्थामा केही छिटो पुस्तक विद्यालय र विद्यार्थीको हातमा पुग्ने गरे पनि टेन्डरका कारण ढिला हुने गरेको अभिभावक बताउँछन् ।

पुस्तक ल्याउने डिपो जिल्लामा नहुँदा पनि अझ समस्या भएको अभिभावकको भनाइ छ । विद्यालयमा पुस्तक आउँदा विद्यालयले विद्यार्थीको हातमा छिटो आउने गरे पनि अहिले ढिला भएको उनीहरूको भनाइ छ । मनाङको नार्पाभूमि गाउँपालिकाका विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन सकस भएको छ ।

हाल मनाङमा मौसम प्रतिकूलताले गर्दा पाठ्यपुस्तक विद्यार्थीको हात हातमा पु¥याउन सकस भएको फु आधारभूत विद्यालयका प्रधानाध्यापक मुखिया विकले जानकारी दिए । ‘मोटरेवलस्थलमार्ग नहुँदा खच्चडमार्फत पाठ्यपुस्तक ढुवानी हुन्छ, तर अहिले यहाँ मौसम प्रतिकूल छ, खच्चडमार्फत पाठ्यपुस्तक लैजाने क्रममा रुझ्ने र च्यातिने समस्या हुन्छ’, प्रधानाध्यापक विकले भने ।

प्लास्टिकमै छोपेर लैजाँदासमेत खच्चडबाट लगिदा रुझ्ने र पुरानो पुस्तक विद्यार्थीलाई दिइएकोजस्तो पनि देखिने गरेको उनले बताए । जिल्लामा नै ढिला गरी आएको पुस्तक विद्यार्थीको हात हातमा पुर्‍याउन अझ सकस हुने गरेको उनको भनाइ छ ।
मनाङका लागि पाठ्यपुस्तक लमजुङको सुन्दर बजार नगरपालिकास्थित भोटे ओडारको सापकोटा पुस्तक पसलबाट ल्याउनुपर्ने हुन्छ । पब्लिकेशनले पाठ्यपुस्तक समयमा नै पु¥याएको दाबी गर्दै आए पनि मनाङमा नै एक महिना ढिला गरी पुस्तक आइपुगेको छ । चैत महिनादेखि नै कक्षा सञ्चालन भएको मनाङका विद्यार्थीले एक महिना पाठ्यपुस्तक बिना नै अध्ययन गरिरहेका थिए ।

हाल जिल्लामा केही छिटफुट बाहेक अन्य पाठ्यपुस्तक आइसकेको लोकप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले जानकारी दिए । ‘कक्षा सञ्चालन भएको एक महिना पछि मात्रै पाठ्यपुस्तक आएको छ, त्यही पनि पुरा भने आइसकेको छैन’, उनले भने ।

मनाङमा २८ मध्ये चार विद्यालयमा माध्यमिक तहसम्म अध्यापन हुन्छ । जसमा अन्नपूर्ण, भानु, लोकप्रिय र प्रकाश ज्योति मावि छन् । लोकप्रिय र प्रकाश ज्योति माविमा आवासीय पठनपाठनको व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस