काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज शपथ लिने भएका छन् । उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका उनीले आज सभामुख देवराज घिमिरेसमक्ष शपथ लिने छन् ।
चितवन २ र तनहुँ एकबाट निर्वाचित भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले गत शुक्रबार शपथ लिएका थिए ।
शुक्रबार अनुपस्थित रहेका कारण यादवले आज (मंगलबार) शपथ लिन लागेका हुन्।