काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८ प्रतिशत आर्थिक वृद्धिदर पुर्याउने बताएका छन्।
नवलपुरमा निर्मित मौलाकाली केबलकार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
आफू प्रधानमन्त्री कार्यकाल सकेर अर्कोलाई हस्तान्तरण गर्दैगर्दा ८ प्रतिशतसम्मको आर्थिक वृद्धिदर पुर्याउने लक्ष्य राखेको प्रधानमन्त्री प्रचण्डले बताएका हुन्।
आफ्नो दोस्रो कार्यकाल जस्तो स्थिति अहिले रहेको भन्दै अप्ठ्यारोको बीच उच्चतम आर्थिक वृद्धिको लक्ष्य राखेको उनले बताए।
सरकारको ध्यान उत्पादन वृद्धि र रोजगारी सृष्टिमा रहेको बताउँदै यी दुवै लक्ष्य हासिल गर्नको लागि निजी क्षेत्रले काम गर्नुपर्ने सरकारले वातावरण बनाउने बताए।
उनले आर्थिक क्षेत्र चलामान बन्दै गरेको बताए।