काठमाडौँ । नेपाल राष्ट्र बैँकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज भारतीय रुपैयाँ १ सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ ४५ पैसा र बिक्री दर १३२ रुपैयाँ ०५ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ४७ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड १ को खरिद दर १६२ रुपैयाँ ३८ पैसा र बिक्री दर १६३ रुपैयाँ १२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
