२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

अ+ अ-

काठमाडौँ । मन्त्रालयको टुङ्गो लगाउन सत्ता गठबन्धन दलहरूको बैठक बालुवाटारमा जारी रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी गठबन्धनको बैठकमा ९ दलका शीर्ष नेताहरूको सहभागिता छ। बुधबार सत्ता गठबन्धनबीच मन्त्रालय संख्यामा समझदारी भएसँगै प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। मन्त्रालय भागबन्डाको लगभग टुङ्गो लागे पनि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइसकेको छैन। ​

दलहरूले मन्त्रालयमा दोहोरो–तेहरो दाबी गरेकाले त्यसलाई मिलाउन प्रधानमन्त्रीलाई सकस परेको छ। बुधबारको समझदारी तलमाथि नभए मन्त्रिपरिषद् विस्तार र शपथ आजै हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। दलहरूले आ-आफ्नो पार्टीको भागमा परेको मन्त्रालयमा मन्त्रीहरूको नाम आजै दिँदै छन्।

बुधबारको गठबन्धन बैठकमा कांग्रेस ८, माओवादी ५, जसपा र एकीकृत समाजवादी २र२, लोसपा १, नाउपा १, जनमत १ (राज्यमन्त्रीसहित), आमजनता र नेसपाले १र१ मन्त्रालय लिने सहमति भएको छ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउने तयारी गरेका छन्।​ कांग्रेसले अर्थ, परराष्ट्र, रक्षासहित ८ मन्त्रालय पाउने समझदारी भएको छ। गृह मन्त्रालय माओवादीले आफैँसँग राख्न चाहेपछि कांग्रेसलाई अर्थ मन्त्रालय दिने सहमति भएको हो।

प्रमुख सत्तारुढ दल कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काले र एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भुसालले दलको तर्फबाट सरकारमा नेतृत्व गर्दै छन्।

प्रतिक्रिया दिनुहोस