२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बडघर-भलमन्सा ऐन कार्यान्वयनमा

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले बडघर–भलमन्सा प्रथाजन्य ऐनलाई कार्यान्वयनमा ल्याएको छ ।

ऐन कार्यान्वयनमा आएसँगै नगरपालिकाको वडा वडामा बडघर–भलमन्सा चयनको कार्य गरिएको छ । वडामा चयन भएका वडघर–भलमन्साको भेलाले नगर स्तरीय समितिलाई पूर्णता दिएका छन् ।

नगर स्तरीय समितिले बडघर–भलमन्सा प्रथाको संस्थागत विकास, क्षमता अभिवृद्धिलगायतलाई अगाडि बढाउनका लागि कार्य योजना तयार गरेको बडघर–भलमन्सा समितिको सचिवालय व्यवस्थापन संयोजक हवलदार चौधरीले बताए ।

‘जिल्लामै वडघर–भलमन्सा प्रथालाई संरक्षण गर्न ऐन निर्माण गरिएको छ’, उनले भने, ‘ऐन निर्माण भएपछि थारु समुदायको सामुदायिक सङ्गठन तथा परम्परागत बडघर–भलमन्सा प्रणालीलाई अभिलेखीकरण, संरक्षण, प्रवर्द्धन विकास र अभ्यासलाई अगाडी बढाउन सहज हुने भएको छ ।’

बडघर–भलमन्सा प्रणालीमा आदिवासी जनजातिभित्र रहेका खानु, चौधरी र राना थारु समुदायलाई समेटिएको छ ।

नगरपालिकाको प्रत्येक वडामा योजना छनोट गर्दा गरिने भेलामा बडघर–भलमन्सालाई अनिवार्यरुपमा उपस्थित गराई बजेट, नीति तथा कार्यक्रम बनाइने संयोजक चौधरीले जानकारी दिए ।

नगरपालिकाको दशौँ नगर सभाले बडघर संस्था परिचालन ऐन पारित गरेपछि यस प्रथाले कानुनी हैसियत प्राप्त गरेको हो । थारु समुदायले लामो समयदेखि बडघर प्रथालाई कानुनी मान्यता दिन माग गर्दै आएका थिए ।

ऐनमा बडघर र भलमन्साको चयन, कार्य क्षेत्र, काम कर्तव्य अधिकार क्षेत्र, मर्यादालगायत प्रावधान राखिएका छन् । कार्यक्षेत्रमा नेपाल सरकारको प्रचलित ऐन नियम विपरीत नहुने गरी काम गर्न सकिने उल्लेख गरिएको छ ।

थारु समुदायमा अनौपचारिकरुपमा प्रचलनमा रहेको यस प्रथाले कानुनी हैसियत प्राप्त गरेपछि बडघर भलमन्साको कार्य क्षेत्र किटान गरी हक अधिकार सुनिश्चित गरेको बडघर भलमन्सा नगर समितिका संयोजक बच्चन रानाले बताए ।

‘बडघर भलमन्साले गरेका कार्यको लेखाजोखाको अभिलेखीकरण मौखिकरुपमै हुने गरेको थियो’, उनले भने, ‘अब गतिविधिको लेखाजोखा नगरपालिकालाई प्रत्येक वर्ष बुझाउनुपर्ने भएको छ, यस कार्यले भलमन्सा बडघरको मूल्याङ्कन हुन्छ, काम गर्ने हौसला बढ्छ ।’ नगरपालिकाका प्रत्येक गाउँका बडघर भलमन्सा ऐनअनुसार नगरपालिकामा सूचीकृत भएका छन् ।

जनप्रतिनिधिलाई जनश्रमदान जुटाउन निकै सकस भएका बेला बडघर भलमन्सालाई सक्रिय पारिएपछि विकास निर्माणमा यस कार्यले टेवा पुर्‍याएको वडा नं १२ का वडाध्यक्ष नवलसिंह रानाले बताए ।

‘विकास निर्माणमा जनसहभागिता जुटाउन यस कार्यले सघाउ पुर्‍याउन छ’, उनले भने, ‘बडघर भलमन्सासँग सहकार्य गरेर अगाडि बढ्छौँ ।’ बडघर भलमन्साले जनप्रतिनिधिसँग समन्वय गर्ने, गाउँमा रहेका सानातिना झैझगडा समाधान गर्ने, गाउँ टोलमा आइपर्ने जुनसुकै काममा सक्रिय सहभागिता जनाउनेलगायत समुदायमा सामाजिक, सांस्कृतिक र आर्थिक सद्भाव कायम राख्ने कार्यमा सक्रिय सहभागिता जनाउन थालेका छन् ।

बडघर प्रथामा थारू समुदायमा पुस्तौँदेखि पुस्तान्तरण हुँदै आएको छ । यसको नेतृत्व गर्ने व्यक्तिको पद पनि बडघर र भलमन्सा भएका कारणले यसको विकास भएको पाइन्छ । थारू समुदायमा बडघर संस्था अति शक्तिशाली रहेको पाइन्छ ।

थारू समुदायका गाउँ गाउँमा विकास निर्माण, सामाजिक कार्य, विवाह, सांस्कृतिक कार्यको चाँजोपाँजो मिलाउने कार्यसँगै झैझगडाको छिनोफानो गर्नका लागि बडघर प्रत्येक वर्ष चयन हुँदै आएको छ ।

नगरपालिकाको नगर भेला, वडा भेलामा बडघर भलमन्साको उपस्थितिलाई अनिवार्य गरिएपछि नीति निर्माण र बजेट विनियोजनमा पहुँच पुगेको छ ।

प्रतिक्रिया दिनुहोस