१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको उमेर ६०, प्रणाली तहगत 

अ+ अ-

काठमाडौँ । सरकारले निजामती कर्मचारीको सेवा अवधि ६० वर्ष कायम गर्ने भएको छ । अव आउन लागेको सङ्घीय निजामती सेवा ऐनमा ५८ वर्षे सेवा अवधिलाई बढाएर ६० वर्षे बनाउन लागिएको हो ।   

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले प्रशासन बिट हेर्ने पत्रकारहरूसँग बुधवार (आज) मन्त्रालयमा गरेको छलफलको क्रममा सेवा अवधि ६० नै कायम गरिएको बताएका हुन् । 

ऐनका प्रावधानहरूबारे सञ्चारकर्मीहरूले राखेको जिज्ञासाका क्रममा उनले सेवा अवधि ६० गरेको र श्रेणीगतलाई सबै तहगत बनाउने जानकारी गराएका हुन् । सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै कर्मचारीलाई एउटै वर्गमा राख्ने गरी तहगत प्रणाली ल्याउन खोजिएको मन्त्री मोदीको भनाई थियो । 

सङ्घीय निजामती सेवा ऐन अन्तिम चरणमा पुगेको बताउँदै राजनीतिक सहमतिका लागि मात्रै रोकिएको बताएका छन् । ‘ऐनका करिब-करिब सबै व्यवस्थाहरू टुङ्गो लगाएर पेस गर्ने अन्तिम तयारीमा छौँ’, मन्त्री मोदीले भने, ‘संसदबाट पास गर्नुपर्ने भएकोले सबै पार्टीको एक मत होस् भन्नका लागि पनि अहिले नै सहमति गरेर लैजाँदा सहज होस् भन्ने हो’

अब आउने निजामती सेवा ऐन अहिले भन्दा पनि आउँदा पुस्ताका लागि निर्माण गरिन लागेकोले पछिसम्म हेरेर तयार पारिएको दाबी गरे । खास गरी प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिवको विषयमा प्रदेशबाट हुने सङ्केत मोदीको छ । 

सञ्चारकर्मीहरूले सबैभन्दा बढी उठाएको प्रश्न सरुवाबारे पनि मन्त्री मोदीले आफ्नो प्रस्टोक्ति राखेका छन् । बढुवा भएका कर्मचारीहरूलाई विशेष अवस्थामा एक-दुई जनाबाहेक सबैलाई स्थानीयमा पठाएको उनको भनाई छ । ‘सम्भवतः मेरै पालामा होला, नयाँ बढुवा भएका कर्मचारी सबैलाई स्थानीयमा पठाइएको छ, जसले कर्मचारी नै भएनन् भन्ने स्थानीय तहको माग सम्बोधन भएको छ,’ मन्त्री मोदीले भने । 

यसै गरी अन्धाधुन्ध हुने र शक्तिकेन्द्रहरूको सिफारिसमा हुने सरुवामा आफ्नो इन्ट्रेस्टले कुनै कर्मचारीको सरुवा नगरिएको दाबी गरे । कतिपय मिलाउनु पर्ने अवस्थामा छिटो-छिटो सरुवा भएको हुन सक्ने भन्दै पैसा खाएर सरुवा गरेको भन्ने विषयमा प्रमाण दिए त्यस्ता कर्मचारीलाई कारबाही गर्नेसमेत बताए । 

एउटा कर्मचारीलाई सरुवा गर्दा तीन जनालाई सार्नुपर्ने अवस्था धेरै सङ्ख्यामा देखिन आउने बताउँदै उनले ऐनमा नै सरुवा प्रणालीलाई व्यवस्थित गर्ने कुरामा आफूले सोचेकोसमेत बताए । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई रिफर्म नै गरेर देखाउन खोजेको दाबी गर्दै उनले निजामती अस्पतालदेखि सेवा प्रवाहसँग जोडिएका निकायहरूमा कर्मचारीको व्यवस्थापनबारे पनि आफू सुधार गर्ने क्रममै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस