२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थ र भौतिक मन्त्रालयमा नेकपा एसको दाबी, गृह मन्त्रालय कसलाई ?

अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्री बन्न गठबन्धन दलका नेताहरू दौडधुप गरिरहेका छन् ।

काँग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायत दलका नेताहरूको दौडधुप चलिरहेको छ । मन्त्रीका आकाङ्क्षीहरू शीर्ष नेताहरूलाई भेटेर आफ्नो पक्षमा माहोल बनाउने प्रयासमा लागेका छन् ।

नेकपा एमालेले सोमबार सरकार छाडेसँगै १६ वटा मन्त्रालय मन्त्रीविहीन बनेका छन् । एमालेअघि राप्रपा र रास्वपाले पनि सरकार छोडिसकेका छन् । आफू नेतृत्वको सरकार गठन हुँदा समर्थन गरेका दलहरूले सरकार छोडेपछि प्रधानमन्त्री प्रचण्डले नयाँ दलहरुलाई समेटेर मन्त्रिमण्डललाई पूर्णता दिने र विश्वासको मत लिने तयारी गरिरहेका छन् । त्यसका लागि आठ दलीय गठबन्धनका शीर्ष नेताहरूमा सामान्य छलफल भए पनि ठोस छलफल अघि बढिसकेको छैन ।

मन्त्रिमण्डल विस्तार र विश्वासको मत लिने काम राष्ट्रपति निर्वाचन अघि गर्ने कि पछि गर्ने ? भन्नेमा सत्ता साझेदार दलहरूसँग प्रधानमन्त्री प्रचण्डले छलफल गर्ने तयारी गरेका छन् ।

यता नेकपा एकीकृत समाजवादीले सरकारमा जाने निर्णय गरिसकेको छ । त्यसका लागि अर्थसहित भौतिक योजना मन्त्रालय दाबी गर्ने तयारी गरेको बताइएको छ ।

यो पार्टी सरकारमा जाने निश्चित छ । तर कुन कुन मन्त्रालयसहित जाने भन्ने कुरा प्रधानमन्त्रीसँग छलफल गरेपछिमात्रै थाहा हुने छ । पार्टीले आफ्नो तर्फबाट अर्थ र भौतिक मन्त्रालयमा दाबी गरेको छ ।

एमालेले सरकार छोडेपछि अर्थ खाली छ भने भौतिक माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्हाल्दै आएका छन् । पछिल्लो समिकरणपति श्रेष्ठलाई गृहमा पठाउने प्रधानमन्त्रीको तयारी रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस