२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थतन्त्रमा समस्या देखिँदा खुम्चियो आर्थिक वृद्धिदर 

अ+ अ-

काठमाडौँ । अर्थतन्त्रमा समस्या देखिँदा आर्थिक वृद्धिदर नै खुम्चिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जम्मा ०.८ प्रतिशतको आर्थिक वृद्धिदर देखिएको छ । विभागले त्रैमासिक रूपमा समेत आर्थिक वृद्धिदरको तथ्याङ्क सार्वजनिक गर्ने गर्छ ।

गत आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा ३ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको थियो ।

सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदर हुने लक्ष्य राखेको थियो । त्यसलाई बजेटको मध्यावधि समीक्षाबाट घटाइएको छ ।

दातृ निकायले नेपालले चालु आर्थिक वर्षमा ५ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरेका छन् ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कृषि क्षेत्रको वृद्धिदर १.६ देखिएको छ । निर्माण तथा माइनिङ, होलसेल तथा रिटेलको वृद्धिदर ऋणात्मक देखिएको छ ।

फुड सर्भिसको वृद्धिदर सबैभन्दा बढी ४५ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासदेखि नै आर्थिक क्रियाकलापमा निकै सुस्तता आएको थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेर कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्ने ऋणीको संख्याले समेत यसलाई पुष्टि गर्छ ।

नेपाल उद्योग परिसंघले गरेको अध्ययनले पहिलो त्रैमासमा गत वर्षको तुलनामा २८ प्रतिशतले व्यापारको मागमा कमी आएको तथा २५ प्रतिशतले कारोबार घटेको देखिएको थियो ।

कारोबार घटेको असर सरकारको राजस्वमा समेत परेको छ । चालु आर्थिक वर्षको गत वर्षको तुलनामा अहिलेसम्म एक खर्ब कम राजस्व उठेको छ । सरकारले लिएको राजस्वको लक्ष्य पूरा नभए पनि गत वर्षको तुलनामा राजस्व सधैँ बढ्ने गरेको थियो । यो पटक भने राजस्व गत वर्षको तुलनामा घटेको हो । ५५ वर्षपछि राजस्व गत वर्षको तुलनामा घटेको छ ।

अर्थतन्त्रको ‘भ्यालु एड’ बढाउने निर्माण क्षेत्रको नै वृद्धिदर यो वर्ष घटेको छ ।

प्रतिक्रिया दिनुहोस