२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धनको मत जोगाउन एलिजा गौतमलाई मुख्य जिम्मेवारी

अ+ अ-

काठमाडौँ। राष्ट्रपति निर्वाचनमा आ–आफ्ना दलको मतभार सुरक्षित कसरी गर्ने भन्ने छलफलमा एलिजा गौतमले पनि मुख्य जिम्मेवारी पाएकी छन्।

एलिजा नागरिक उन्मुक्ति पार्टीकी नेतृ हुन्। गत माघ १४ गते पार्टी प्रवेश गरेकी उनलाई सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठेसँगै लिएर हिँड्ने गरेकी छन्।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलीय गठबन्धनको बैठकमा समेत अध्यक्ष रञ्जितासँगै नेतृ एलिजा पनि सहभागी थिइन् । पार्टीको तर्फबाट आठ दलको बैठकमा बालुवाटार पुगेकी गौतमले आफ्नो पार्टीको सबै मत राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई जाने समेत बताइन्।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलका सहभागीलाई बोल्न अनुरोध गर्दा एलिजाले पनि धारणा राखेकी थिइन्।

एलिजा बोल्दै गर्दा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता एवं राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्काले चासोपूर्वक उनका कुरा सुनेका थिए।

बैठकले काँग्रेस उपसभापति पूर्णबहादुर खड्का सहित आठ दलका नेता रहने गरी बनाएको कार्यदलमा समेत एलिजालाई राख्न एलिजाले जोड गरेकी थिइन। मोडल तथा कलाकारसमेत रहेकी गौतमको घर तथा माइती पक्ष सबै काँग्रेस पृष्ठभूमिका हुन्। तर, पार्टी प्रवेश गर्दा उनले नागरिक उन्मुक्तिले लिएको विचार र नागरिक सेवाको भावनाबाट प्रभावित भएर आफू सो पार्टीमा आबद्ध भएको बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस