२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीले परराष्ट्र मन्त्री पौडेलको जेनेभा भ्रमण रोकेपछि एमाले आक्रोशित

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेपछि सत्तारुढ दल नेकपा एमाले आक्रोशित बनेको छ ।

मन्त्री पौडेलको आइतबारबाट तय भएको जेनेभा भ्रमण आइतबारै अन्तिम समयमा प्रधानमन्त्री ‘प्रचण्ड’ले रोकेका थिए । राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५२ औँ सभामा भाग लिन नेपाली प्रतिनिधिहरूको नेतृत्व गर्दै आइतबार साँझ मन्त्री पौड्याललाई प्रधानमन्त्री प्रचण्डले रोकेका थिए ।

प्रधानमन्त्रीको निर्देशनमा मन्त्री पौडेलको भ्रमण अचानक रोकिएपछि एमालेले सरकारलाई हेर्ने दृष्टिकोणबारे छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले सोमबार आकस्मिक केन्द्रीय सचिवालय बैठक बोलाएका हुन् ।

बैठकका एजेन्डाबारे सदस्यहरूलाई केही जानकारी गराइएको छैन । ‘मन्त्री परिषद्बाट स्वीकृत परराष्ट्र मन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिएको सन्दर्भमा आज ११ बजे पार्टी सचिवालयको बैठक बस्दै छ,’ एमाले महासचिव शङ्कर पोखरेलले पोखरेलले ट्विटरमा भनेका छन् । यसैबीच एक पदाधिकारीले आफ्नो पार्टीका मन्त्रीहरूलाई प्रधानमन्त्रीले अपमानजनक व्यवहार गरेकाले सरकारबारे धारणा बनाउन लागिएको बताए ।

‘मन्त्रीहरूमाथि अपमानजनक व्यवहार भयो, प्रधानमन्त्रीलाई एमाले सरकारबाट हटिदिए हुन्थ्यो भन्ने लागेको र सोही अनुसार व्यवहार गरेको देखियो’, ती पदाधिकारीले भने, ‘यस्तो अपमानपूर्ण व्यवहार सहने कि के गर्ने रु हामी विश्लेषण गर्छौ ।’

प्रतिक्रिया दिनुहोस