काठमाडौँ । नेपाल सरकारका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले एमाले सहमतिमा आउने सम्भावना र छाँटकाँट नदेखिएकोले अब एमालेबिनाको संघीय र प्रदेश सरकारहरू नै बन्ने बताएका छन् ।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामुख पाएको एमालेले काँग्रेसलाई राष्ट्रपतिमा समर्थन जनाएको भए राष्ट्रिय सहमतिको सरकार बनेर देशले निकास पाउने थियो भन्ने कुरा राखे ।
सञ्चालन नहुँदै ढलेको कमला पुल सहितको स्थलगत निरीक्षण गर्न पुगेको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले कमला पुलसहितका अलपत्र आयोजनाहरूको निरीक्षण गरी पुनः निर्माणका लागि प्राविधिक कामहरू गर्नकै लागि धनुषा आएको बताएका छन् । उपप्रधानमन्त्री श्रेष्ठ महोत्तरीसहितको जिल्लामा हुने कार्यक्रमहरूमा पनि सहभागी हुने जनाइएको छ ।