उच्च प्रहरी अधिकारीका गोप्य कागजात बाहिरिएपछि छानबिन सुरु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उच्च प्रहरी अधिकारीका गोप्य कागजात बाहिरिएपछि छानबिन सुरु


११ फाल्गुन २०७९, बिहिबार


नेपाल प्रहरी

काठमाडौँ । उच्च प्रहरी अधिकृतका व्यक्तिगत विवरणसम्बन्धी कागजात बाहिरिएपछि प्रहरी प्रधान कार्यालय नक्सालले छानबिन थालेको छ।

गोप्य कागजात बाहिर आएको भन्दै प्रधान कार्यालय नक्सालले छानबिन सुरु गरेको हो।

उमेर विवादका कारण डिआइजी अशोक सिंहले बुधबार राजीनामा बुझाएका थिए।

सम्बन्धित समाचार : डिआइजी सिंहको राजीनामा फाइल गृह पुग्यो, स्वीकृत प्रक्रिया अघि बढ्दै

उनीलगायत उच्च अधिकृतको उमेर र रोलक्रम सहितको कागजात बाहिर आएको भन्दै कार्यालयले छानबिन थालेको हो।

प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेलले गोप्य कागजात बाहिर आएकाले छानबिन गरिएको बताए।

‘गोप्य कागजात बाहिर आएपछि छानबिन हुनु स्वभाविक हो। गोपनीयता भङ्ग गर्न मिल्दैन। यसलाई सामान्य रूपमा लिनुपर्छ उनले प्रशासनसँग भने।

कर्मचारी प्रशासन शाखाबाट उक्त कागजात बाहिरिएको भन्दै त्यहाँका प्रहरीमाथि छानबिन गरिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस