२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति काँग्रेसलाई दिनेगरी पुरानै गठबन्धन ब्युँताउने सहमति

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पुरानै गठबन्धन ब्युँताउने समझदारी जुटेको छ ।

“हामी चुनावअघिकै गठबन्धन ब्युँताउने गरी समझदारीमा पुग्यौँ,” नेपाली काँग्रेसका एक नेताले भने, “यसमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीच पनि एक चरणमा कुराकानी भएको छ । भोलि हामी सबै विषयमा प्याकेजमा निष्कर्षमा पुग्छौँ ।”

देउवा निवास धुम्बाराहीमा बसेको काँग्रेस पदाधिकारीको बैठक लगत्तै सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू घनश्याम भुसाल र बेदुराम भुसालसँग पनि देउवाले छलफल गरेका थिए ।

उनीहरूसँगको छलफलपछि केही पदाधिकारीसहित बालुवाटार पुगेका देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पुरानै गठबन्धन ब्युँताउन प्रस्ताव गरेको काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीले निर्णय गर्ने अधिकार आफूलाई दिएको भए पनि बिहीबार नेताहरूसँग बसेर निर्णय गर्ने बताएका थिए ।

स्रोतले दिएको जानकारी अनुसार राष्ट्रपति काँग्रेसले पाउने छ भने प्रचण्डले कति वर्ष प्रधानमन्त्री लिने र त्यसपछि को भन्ने विषयमा पुरानै गठबन्धनमा आबद्ध राजनीतिक दलका नेताहरूको बिहीबार बस्ने बैठकले टुङ्गो लगाउने छ ।

प्रतिक्रिया दिनुहोस