२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकाली प्रादेशिक अस्पतालको सेवा सुधारिँदै

अ+ अ-

दोधारा चाँदनी । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्य सेवा थप भएपछि सेवाग्राहीको चाप बढेको छ ।

अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको हो । स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखा तथा निक साइमन्स संस्थानले अस्पतालमा न्यूनतम सेवा मापदण्डमा अनुगमन गर्दा विगतको तुलनामा स्वास्थ्य सेवामा सुधार भएको छ । स्वास्थ्य सेवा विभागले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार अस्पतालमा सेवा सञ्चालन भए–नभएको हरेक छ÷छ महिनामा अनुगमन गर्ने गरेको छ ।

विभागका अनुसार सन् २०१९ मा महाकाली अस्पतालको गुणस्तर ३५ प्रतिशत मात्रै रहेको थियो । हाल अस्पतालले गुणस्तर वृद्धि गर्दै ८० प्रतिशत पुर्‍याएको छ । त्यसै गरी २०२० मा अस्पतालले सेवा सुधार गर्दै ६३ प्रतिशत पुर्‍याएको थियो । सन् २०२१ मा ६८ प्रतिशत र २०२२ मा ७८ प्रतिशत सेवा सुधार भएको हो । गत साता स्वास्थ्य सेवा विभागले अस्पतालमा गरेको अनुगमनले अस्पतालले गुणस्तर वृद्धि गर्दै ८० प्रतिशत पुर्‍याएको छ ।

विभागले अनुगमन गर्दा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सञ्चालन भए/नभएको हेर्ने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले जानकारी दिए । उनले विगतको तुलनामा अस्पतालले गुणस्तर वृद्धि गर्दै गएको बताए । ‘हामीले अस्पतालले दिने स्वास्थ्य सेवा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नै दिने गरेका छौँ’, उनले भने, ‘अहिले अस्पतालमा विशेषज्ञ डाक्टर र अन्य सेवा सुविधासमेत थप गरिरहेका छौँ, त्यसले गर्दा बिरामीको चाप बढेको छ ।’

उनले सय प्रतिशत पुर्‍याउने लक्ष्यअनुसार अस्पतालले स्वास्थ्य सेवा विस्तार गरिरहेको बताए । ‘हामीले सुविधा सम्पन्न आकस्मिक भवन सञ्चालनमा ल्याएका छौँ’, अध्यक्ष भट्टले भने, ‘सेवा सुविधा पनि थप हुने प्रक्रियामा छन् ।’ उनले डायलासिस सेवाका लागि भौतिक संरचना र अन्य उपकरण तयारी अवस्थामा रहेकाले स्वास्थ्य सेवा विभागबाट अनुमति पाउन बाँकी रहेको बताए ।

अस्पतालमा हाल १४ विशेषज्ञ डाक्टर, १२ मेडिकल अफिसर र छजना डेन्टलले सेवा दिँदै आएका छन् । ‘अस्पतालमा अझै नर्सिङ स्टाफको अभाव छ, भौतिक संरचना निर्माण हुँदै छन्’, उनले भने, ‘आवश्यक जनशक्ति व्यवस्थापन र भौतिक संरचनाका लागि पहल गरिरहेका छौँ ।’

यहाँका स्थानीयले पनि पछिल्लो समय अस्पतालको सेवा सुधार भएको बताएका छन् । महाकाली अस्पतालमा उपचारका क्रममा भेटिएका नरेश जोशीले अस्पतालमा सहज रूपमा सेवा पाइरहेको बताए । ‘धेरै अगाडि अस्पतालमा आएको थिए, त्यति बेला यहाँ सामान्य उपचार पनि हुन्थेन, धनगढी वा भारत जानुपथ्यो, उनले भने, ‘अहिले यही अस्पतालमा शल्यक्रिया हुने गरेको देखेपछि खुसी लागेको छ ।’ त्यसै गरी यहाँका नागरिक अगुवाले पनि अस्पतालमा राजनीति गर्न नहुने भन्दै अस्पतालको सेवा विस्तारमा लाग्नुपर्ने बताएका छन् ।

यहाँका स्थानीय रमेश पन्तले पछिल्लो समय अस्पतालले स्वास्थ्य सेवा थप गरेको जनाउँदै जनताले घर आँगनमै उपचार पाउने गरेको बताए । ‘एक जना विशेषज्ञ डाक्टर बस्ने अस्पतालमा अहिले १४ जना छन्, त्यस्तै अन्य सुविधा पनि थप भएका छन्’, उनले भने, ‘अस्पतालमा राजनीतिक आग्रह पूर्वाग्रहले गर्दा बेला–बेला विवाद आउने गरेको छ, अस्पतालमा राजनीति गर्नु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस