नहरमा हाम फालेकी महिलासहित सबै मृत भेटिए « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नहरमा हाम फालेकी महिलासहित सबै मृत भेटिए


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । पश्चिम नवलपरासीको गण्डक नहरमा दुई बच्चासहित हाम फालेकी महिलाको शव भेटिएको छ । नहरमा हाम फालेको स्थान भन्दा एकसय मिटर तल दुवै छोरालाई सलले बाँधेको अवस्थामा तीनैजना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

आज दिउँसो २ बजेतिर सुस्ता गाउँपालिका-२ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय छोरा क्रिस र ७ वर्षीय सुमितलाई काखमा लिएर हाम फालेकी थिइन् ।

सम्बन्धित समाचार : गण्डक नहरमा २ छोरासहित एक महिला बेपत्ता

उनको जनपथ र सशस्त्र प्रहरीको टोलीले खोजी गरी मृत अवस्थामा फेला पारेको हो ।

ती महिलाको मानसिक सन्तुलन सामान्य नरहेको प्रहरीले जनाएको छ । उनका श्रीमान् वैदेशिक रोजगारमा छन् । उनी दुई छोरा र सासूसँग बस्दै आएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस