गण्डक नहरमा २ छोरासहित एक महिला बेपत्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गण्डक नहरमा २ छोरासहित एक महिला बेपत्ता


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नवलपरासीको गण्डक नहरमा बगेर एक महिला आफ्ना दुई छोरासहित बेपत्ता भएकी छिन् ।

नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरास्थित गण्डक नहरमा महलबारी बस्ने २९ वर्षिया प्रतिमा थारू ९ वर्षीय छोरा कृश र ७ वर्षीय सुमितलाई लिएर हाम फालेको जानकारी आएको प्रहरीले जनाएको छ । 

प्रतिमाका श्रीमान् वैदेशिक रोजगारीमा गएका छन् । उनले के कति कारणले हाम फालिन भन्नेबारे अनुसन्धान भइरहेको र नहरमा बेपत्ता तीनै जनाको खोजी भइरहेको प्रहरीको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस