विदेशमा रहेका श्रमिकलाई टेलिमेडिसिन सेवा शुरु गरिँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विदेशमा रहेका श्रमिकलाई टेलिमेडिसिन सेवा शुरु गरिँदै


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ ।  विदेशमा रहेका श्रमिकको स्वास्थ्यसम्बन्धी जिज्ञासा तथा समस्याहरूलाई समाधान गर्न ‘टेलिमेडिसिन सेवा’ शुरु गरिने भएको छ

प्रधानमन्त्री एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टेलिमेडिसिन सेवा सञ्चालन गर्ने निर्णय गरेका हुन

श्रमिकका स्वास्थ्य समस्या उचित समयमै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले टेलिमेडिसिन सेवा उपलब्ध गराउन लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका  सचिव एक नारायण अर्यालले बताए

वैदेशिक रोजगारमा रहेका श्रमिकका स्वास्थ्य समस्या बुझ्ने र अनलाइनमार्फत सचेतना फैलाई जोखिम न्यूनीकरणमा टेलिमेडिसिन सेवा थप प्रभावकारी हुने सचिव अर्यालको भनाई छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूले सानो सानो स्वास्थ्य समस्याबाट पीडित हुनुपर्ने र रोग पालेर गम्भीर हुने अवस्था पुग्नबाट रोक्न टेलिमेडिसिन सेवा उपयोगी हुने जानकारी सचिव अर्यालले दिए ।

 ‘टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ लाई अन्तिम रूप दिइसकेको छ, एक महिनाभित्रै उक्त सेवा कार्यान्वयनमा ल्याउने तयारीमा छौँ ।’ सचिव अर्यालको भनाई छ । 

यसैगरी मन्त्रालयले श्रमिकहरू ठगिएका गुनासाहरू बढेको भन्दै समस्या समाधानका लागी वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यको संयोजकत्वमा ‘तत्काल प्रतिकार्य कार्यदल’ गठन गरेको छ । 

श्रमिकहरूको गुनासा तथा समस्या सुनुवाइका लागी कल सेन्टर सञ्चालन गरेको मन्त्रालयले निर्देशक आर्चायको संयोजकत्वमा वैदेशिक रोजगार बोर्डका निर्देशक, श्रम मन्त्रालयका प्रतिनिधि, वैदेशिक रोजगार सङ्घका प्रमुख वा प्रतिनिधि लगायत सदस्य रहने गरी ‘तत्काल प्रतिकार्य कार्यदल’ गठन गरेको  हो । 

सम्बन्धित समाचार : श्रमिकको गुनासो सुन्न २४ घण्टे श्रम सहायता केन्द्र स्थापना

Tags :
प्रतिक्रिया दिनुहोस