२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय कर्मचारी परिषद्को तेस्रो राष्ट्रिय सम्मेलन सुरु

अ+ अ-

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्को तेस्रो राष्ट्रिय सम्मेलन सुरु भएको छ । डिल्लीबजारमा रहेको नेपाल सांस्कृतिक संघमा सुरु भएको सम्मेलनमा देशभरबाट प्रतिनिधिहरू सहभागी छन् । 

कार्यक्रममा निवर्तमान शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल प्रमुख अतिथि रहेका छन् । परिषद्ले प्रमुख अतिथिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई निमन्त्रणा गरेको थियो । तर, अन्तिममा कार्य व्यस्तताको कारण आउन नसक्ने जनाएपछि खनाललाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको हो । 

२ दिनसम्म चल्ने सम्मेलनबाट पेसागत माग सम्बोधन गराउन सरकारको ध्यानाकर्षण गराइनेछ । आफ्ना भावी रणनीतिहरू समेत तय गर्दै घोषणा पत्र जारी गरिने परिषद्का महासचिव शान्तिनाथ योगीले बताए । 

परिषद्ले अघि सारेका विभिन्न पेशागत मागहरू अझै सम्बोधन हुन सकेका छैनन् । यस्तो अवस्थामा जारी सम्मेलनबाट कस्तो खालको रणनीति तय हुन्छ भन्ने चासोका साथ हेरिएको छ । उनीहरूले गत भदौमा आफ्नो सेवा सुरक्षाको ग्यारेन्टीसहितका विभिन्न माग अघि सारेर आन्दोलन थालेका थिए । सरकार उनीहरूलाई वार्तामा बसेर समस्याको समाधान गर्न आह्वान गरेपछि आन्दोलन स्थगित गरिएको थियो । शिक्षा मन्त्रालयले उनीहरूले उठान गरेका मागहरू सम्बोधनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो । तर, अर्थ मन्त्रालयले कुनै निर्णय गर्न नसक्दा अहिलेसम्म उनीहरूका माग सम्बोधन हुन सकेका छैनन् । 

उनीहरूले विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरेर एक पटकको लागि प्रक्रिया पुर्‍याई स्वतः स्थायी गरिनुपर्ने, सरकारले पूर्ण सेवा सुविधाको ग्यारेन्टी गर्नुपर्ने, विद्यालय कर्मचारी सहायक (लेखापाल) को हकमा ३६ हजार ७३० रुपैयाँ र विद्यालय सहयोगीको २६ हजार २१० तलब बनाइनुपर्ने लगायत माग अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस