काठमाडौँ । तनहुँमा २४ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
शुक्लागण्डकी नगरपालिका–३, भण्डारी गाउँ बस्ने ३९ वर्षीय सुभास कार्कीलाई आइतबार साँझ पक्राउ गरेको हो ।
कार्कीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।