गण्डकी। पर्वतको जलजला गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।
जलजला क्षेत्रको स्थलगत अवलोकन, बराह भगवानको दर्शन र कुल मन्दिर उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि सार्वजनिक बिदा दिइएको हो ।
गाउँपालिकाले एक विज्ञप्ति जारी गदै कार्यक्रमको व्यवस्थापनका लागि भन्दै बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीले जानकारी दिए ।
