२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यसम्पादनमा उत्कृष्ट बन्यो धुलिखेल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा धुलिखेल नगरपालिका यस वर्ष जिल्लामा उत्कृष्ट भएको छ। 

काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये धुलिखेल नगर सबैभन्दा बढी अङ्क ६५ दशमलव प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो। 

काभ्रेपलान्चोकमा ६ नगरपालिका र सात गाउँपालिका छन्। जसमा नमोबुद्ध नगरपालिकाले ६४.६० अङ्क हासिल गरी दोस्रो स्थान तथा ६२.१३ अङ्क प्राप्त गरी चौँरीदेउराली गाउँपालिका तेस्रो भएको छ। चौँरीदेउराली जिल्लास्थित गाउँपालिकामध्ये पहिलो भएको छ।

आयोगको प्रतिवेदनअनुसार काभ्रेपलाञ्चोकको अन्य स्थानीय तहमा बनेपा नगरपालिकाले ६१.८५, रोसी गाउँपालिकाले ६१.१२, बेथानचोक गाउँपालिकाले ५९.८७, पनौती नगरले ५५.३८, भुम्लु गाउँपालिकाले ५२.९०, खानीखोला गाउँपालिकाले ५२.२८, पाँचखाल नगरले ५२.२५, तेमाल गाउँपालिकाले ४९.८७, मण्डनदेउपुर नगरले ४६.५७ र महाभारत गाउँपालिकाले ४६ अङ्क प्राप्त गरेका छन्। 

प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदन अनुसार वित्त आयोगले विभिन्न १९ सूचकलाई मध्यनजर गर्दै प्रदेशको समेत कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ। 

सोही अनुसार बागमती प्रदेशले भने ३६।१ अङ्क प्राप्त गरेको हो। यसमा लेखापरीक्षण, बेरुजु फर्स्योट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व संलनलगायत विषयलाई सूचकका रूपमा राखिएको छ।

‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांक्न कार्यविधि, २०७८’ का आधारमा मूल्याङ्कन गरेर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेशलाई यस्तो अङ्क प्रदान गर्ने गर्दछ।

कार्यसम्पादनबाट प्राप्त अङ्कका आधारमा प्रदेश तथा स्थानीय तहले सङ्घ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी प्रावधान छ।

प्रतिक्रिया दिनुहोस