काठमाडौँ । नेपालका लागि ओपनर आसिफ शेख र पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अर्ध शतक पूरा गरेका छन् ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिदेशीय शृङ्खलामा नामिबियाले दिएको २७५ रनको लक्ष्य पछ्याउने क्रममा ओपनर शेख र पूर्व कप्तान मल्लले अर्ध शतक पूरा गरेका हुन् ।
शेखले ६२ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५१ रन बनाए । यस्तै, मल्लले ६४ बलमा तीन छक्का र चार चौकाको मद्दतमा ५२ रन बनाए ।
दोस्रो विकेटका लागि साझेदारी गरिरहेका शेख र मल्लले समाचार तयार पार्दासम्म ६१/६१ रन बनाएर खेलिरहेका छन् ।