२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्कटल्याण्डविरूद्ध दीपेन्द्र सिंह ऐरीको अर्धसतक

अ+ अ-

काठमाडौँ । दीपेन्द्र सिंह ऐरीले एक दिवसीय अन्तर्राष्ट्रियमा दोस्रो अर्धसतक प्रहार गरेका छन्। 

काठमाडौँमा जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्याण्डविरूद्ध ७० बलमा ऐरीले अर्धसतक पुरा गरेका हुन्।

दोस्रो अन्तर्राष्ट्रिय अर्धसतक बनाउने क्रममा ऐरीले १ छक्का र ५ चौका प्रहार गरे। यसअघि ऐरीले काठमाडौँमै युएईविरुद्ध अर्धसतक पूरा गरेका थिए।

ऐरीले काठमाडौँमै पिएनजीसँग पहिलो एक दिवसीय शतक प्रहार गरेका थिए। यसअघि कुशल मल्ल ८१ रन बनाएर आउट भएका थिए।

स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालले सुरुवाती ६ ब्याट्सम्यानलाई गुमाइसकेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा ओपनर कुशल भुर्तेल १६ रन बनाएर तेस्रो ओभरमा, ज्ञानेन्द्र मल्ल ४ रनमा सोही ओभरमा र आसिफ शेख पाँचौँ ओभरमा ९ रन बनाएर आउट भए। तीनै जनालाई स्कटल्यान्डका क्रिस सोलले क्याच आउट गरे। उनले पहिलो ओभरमा २३ रन खर्चिए पनि त्यसपछि उत्कृष्ट बलिङ गरे।

यस्तै नेपालका कप्तान रोहित पौडेल ६ रन तथा सन्दीप जोरा ५ रन जोडेर आउट भए। दुवैलाई स्कटल्यान्डका मार्क वाटले आउट गरे।

त्यसपछि ऐरीसँग सतकीय साझेदारी गरेका कुशल मल्लले ६७ बलमा ४ छक्का र ९ चौका प्रहार गरेका थिए। 

अहिले नेपालका लागि दीपेन्द्रसिंह ऐरी गुल्सन झा ब्याटिङ गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस