जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु ५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति ७ बजे कर्णाली प्रदेश ००२००१ त ०४२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो।
प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा पातारासी–२ का अन्दाजी ५२ वर्षीय अमिर बोहोरा रहेका छन्।
घाइते हुनेमा पातारासी–३ का २९ वर्षीय सुर बुढा, १२ वर्षीया सरिता बोहोरा, ५० वर्षीय लोग बहादुर बोहोरा, ३० वर्षीया मायादेवी बोहोरा र ५० वर्षीय परेक बोहोरा रहेका प्रहरीले जनाएको छ।
घाइतेको अवस्था सामान्य भएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
शव पोस्टमार्टमका लागि अस्पताल ल्याइँदै गरिएको अवस्था र ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ।