३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेशम चौधरी रिहा गर्ने देउवाले दिए बचन !

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिममा आफ्नो नेतृत्वको सरकार ढलेपछि एमालेले त्यसको दोष नागरिक उन्मुक्ति पार्टीलाई दिएको छ ।

रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत दिने प्रदेश बैठकमै अनुपस्थित भएपछि सरकार ढलेर काँग्रेस नेतृत्वमा सरकार बनेको छ ।

त्यसो हुनुमा एमालेले उन्मुक्तिलाई दोषी देखेको छ । जबकि एमाले नेतृत्वको त्यो सरकार गठनका बेला उन्मुक्तिले समर्थन गरेको थियो । तर विश्वासको मत दिने दिन प्रदेश सभामा नै अनुपस्थित भयो । समर्थन गरेर मत नदिएपछि उन्मुक्ति पार्टी पनि एमालेसँग अन्य पार्टीभन्दा एमालेप्रति अलि कडा भएको व्यवहारले नै पुष्टि गरेको छ ।

रेशम चौधरी रिहामा एमाले बाधक भएको बुझाई उन्मुक्ति पार्टीका नेताहरूको छ । काँग्रेस, माओवादीलगायत मदेसवादी दलहरू रेशम चौधरी रिहाका लागि सकारात्मक भए पनि एमाले कठोर रहेको उन्मुक्ति पार्टीका एक केन्द्रीय सदस्यको भनाइ छ ।

‘हामीले याद गर्दैछौं सुरुदेखि एमाले हामीप्रति ‘वायस’ देखिएको छ, एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको नेतृत्वमा सरकार हुँदा पनि रिहाका लागि प्रयास भयो तर उहाँले खासै चासो दिनु भएन’,ती नेताको भनाइ छ ।

सुदूरपश्चिमका तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई रेशम चौधरी रिहाका लागि ध्यानाकर्षण गराउन जाँदा उनले आश्वासन दिए पनि प्रक्रिया सुरु नगरेको ती नेताको गुनासो छ । काँग्रेसले भने रिहाका लागि पटक पटक प्रयास गर्नुका साथै प्रक्रिया सुरु गर्दा समेत एमाले बाधक बनेको ती नेताको आरोप छ ।

काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले रेशम चौधरीको रिहाका लागि प्रक्रिया सुरु गरेको थियो । रिहाका लागि अध्यादेश नै ल्यायो तर राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई पास नै हुन दिइनन् । राष्ट्रपति भण्डारीले अध्यादेश अस्वीकृत गर्नुमा एमालेकै हात रहेको उन्मुक्ति पार्टीको बुझाइ छ ।

उन्मुक्ति पार्टीका सङ्गठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरीले अरुण चौधरी पक्राउ पर्नु र एमालेका सांसद लक्ष्मी कोइरी महतो खुल्ला घुम्नुले सबै कुरा स्पष्ट भएको टिप्पणी गरे । उनले भने, ‘हाम्रो लागि सबै दल उस्तै हुन् कोही अलि बढी कडा कोही नरम । तर व्यवहार सबैको उस्तै हो ।’ रेशम चौधरीको रिहा गर्न आफूहरूले सरकारलाई दबाब दिइरहेका बेला अर्का सांसदलाई पक्राउ गरेपछि उन्मुक्ति पार्टीप्रति यो सरकार सकारात्मक छैन भन्ने स्पष्ट भएको उनको भनाइ छ ।

‘काँग्रेसले रिहाका लागि अध्यादेश ल्यायो तर त्यसलाई रोक्ने काम राष्ट्रपतिबाट भयो, राष्ट्रपति कुन पार्टीको हो, कहाँबाट परिचालित हुनुहुन्छ त्यो स्पष्ट छ, त्यसमा केही भन्नु परेन,’ उनले भने, ‘हामी एमालेप्रति पूर्वाग्रही छैनौँ, हामीले असहयोग पनि गरेको होइन तर हाम्रा केही माग र मुद्दामा अहिलेका सरकार सहमत हुनुपर्छ र त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ ।’

स्रोतका अनुसार काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकार गठन भएपछि पहिलो काम रेशम चौधरीलाई रिहा गर्ने आश्वासन दिएका छन् । त्यसका लागि उन्मुक्ति पार्टीले काँग्रेसलाई सहयोग गर्नुपर्ने उनले सर्त राखेका छन् ।

प्रधानमन्त्री देउवा र उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जना श्रेष्ठबीच भएको भेटमा यस्तो आश्वासन दिएको काँग्रेस स्रोतले जनाएको छ । स्मरण रहोस् देउवासहितका काँग्रेस नेताहरू माओवादी, उन्मुक्ति लगायतका दलहरुलाई आफूसँग तानेर एमाले नेतृत्वको सत्ता गठबन्धन भत्काउन चाहन्छन् । त्यसका लागि उनीहरूले देशी विदेशी शक्ति प्रयोग गरेको एमाले नेताहरूको आशङ्का छ ।

प्रतिक्रिया दिनुहोस