२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भवन निर्माण संहिता : सरकारी कार्यालय नै मान्दैनन्

अ+ अ-

बागलुङ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले नयाँ कार्यालय भवन बनाउँदै छ।

यो कार्यालयको मुख्य काम भवन संहिता हेर्नु, गुणस्तर मापन गर्नु र निर्माणको अनुगमन गर्नु हो।

कार्यालय भवन नगरपालिकाबाट नक्सा पास नगराई चार तला ठडिइसकेको छ। भवन बनाउँदा पालिकालाई जानकारीसमेत दिइएको छैन।

बागलुङ बजारमा अन्य कार्यालय तथा निजी घर धमाधम तीव्र रूपमा निर्माण भइरहेका छन्। भवन निर्माण गर्दा भवन संहिता अनुसार निर्माण गर्नुपर्छ। तर यहाँ निर्माण भइरहेका धेरै सरकारी तथा निजी भवन भवन संहिता विपरीत निर्माण भएको पाइएको छ। कार्यालय प्रमुख सुनिता श्रेष्ठले भने राष्ट्रिय भवन मापदण्ड अनुसार नै भवन निर्माण गरी रहेको जिकिर गर्छिन्।

‘हाम्रै इन्जिनियरले नाप जाँच गरेर भवन बनाउन थालेका हौँ। भवनको सबै डकुमेन्ट बनेको छ। सबै ठाउँबाट स्वीकृत भएको छ । यही कार्यालयले पनि अनुगमन गर्ने, मापदण्ड पालना गराउने गर्छ। भवन निर्माण संहिता र आफ्नै मापदण्ड अनुसार बनाएको हुँदा नक्सा पास गरिएन। यसलाई इस्यू बनाउनु पर्ने आवश्यक छैन,’ प्रमुख श्रेष्ठ भन्छिन् ।

श्रेष्ठले नक्सा पासको काम निर्माण कम्पनीले नगरेको दोष लगाउँछिन्। आफैँ नियम पालना गराउने ठाउँमा भएको व्यक्तिले अरूलाई दोष लगाउनु उचित नभएको स्थानीय बासिन्दा बताउँछन्। बागलुङ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले भवन बनाउँदा जुनसुकै कार्यालयले पनि नगरपालिकाबाट नक्सा पास गर्नु पर्ने बताए।

इन्जिनियर गिरीले सहन सहरी तथा भवन निर्माण कार्यालयले भवन बनाउँदा नगरपालिकालाई एक पटक पनि जानकारी नगराएको बताउँछन्। गिरीले भने, ‘सबै निकायले भवन बनाउँदा नगरपालिकाको अनुमति लिनु पर्ने हुन्छ, नगरपालिकाको विधि, नियम र मापदण्ड अनुसार गर्नु पर्छ, उहाँहरूले अरूलाई निर्देशन दिने ठाउँमा हुनुहुन्छ तर आफ्नै भवन बनाउँदा नियम मिचेको पाइयो।’

गिरीले कुनै पनि घर भवन बनाउँदा नक्सा पास गरेर मात्रै जग खन्नु पर्ने बताए। जिल्ला प्रशासन कार्यालय बागलुङ र जिल्ला प्रहरी कार्यालयले पनि नक्सा पास नगरेको उनले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयले केही महिनादेखि नयाँ भवन बनाउँदै छ भने जिल्ला प्रशासन कार्यालय चार वर्ष अगाडि निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ।

बागलुङ नगरपालिकाले पाँच तलभन्दा माथि भवन बनाउन नपाइने नियम बनाएको छ। तर पछिल्लो समय नियम विपरीत तला थप्ने बढ्दै गएको इन्जिनियर गिरी बताउँछन्। बजार क्षेत्रमा अहिले करिब १०० घर भवनहरू मापदण्ड विपरीत रहेका छन्। उनीहरूलाई नियमानुसार कारबाही गरिने नगरपालिकाले जनाएको छ। बागलुङ बजारमा चार हजार घरले नक्सा पास गराएका छन्।

प्रतिक्रिया दिनुहोस