२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकमा वित्तीय सङ्कट देखिएको छ : प्रधानमन्त्री प्रचण्ड

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा वित्तीय सङ्कट देखिएको बताएका छन् । मङ्गलवार नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको १६औँ अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा देखापरेको सङ्कटलाई समाधान गरी सुशासन कायम गर्न सरकार लागि परेको बताए ।

वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै उनले बैंकको ब्याजदर वृद्धिका कारणले देखापरेका समस्या समाधान गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेर तत्काल व्यवसायीहरूलाई राहत दिनका निम्ति पहल भइरहेको बताए ।

बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले लघु, घरेलु अथवा साना उद्योगमा थप लगानी गर्ने पुँजीको अभावलाई सरकारले समाधान गर्न विशेष पहल गरिरहेको उनले बताए । वित्तीय अस्थिरताका कारण बैंकको ब्याज वृद्धि हुन गई लघु, घरेलु तथा साना उद्योगीहरूलाई परेको समस्या तत्काल समाधान गर्न सरकारले विभिन्न उपायहरू खोजिरहेको प्रचण्डको भनाइ थियो ।

लघु, घरेलु तथा साना उद्योगीले प्रयोग गरेको कर्जालाई नवीकरण गरी पुनः थप कर्जा प्राप्त गर्ने बनाउन पनि सरकार लागि रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

उनले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुने बताए । नेपालमा अन्य उद्योगहरू भन्दा पनि कृषिमा आधारित उद्योगको विस्तारले नै अर्थतन्त्रका लागि दिगो हुने उनले बताए ।

उनले नेपालको मौलिक तरिकाबाट कृषि उत्पादनमा वृद्धि गरी कृषिमा आधारित उद्योगको विस्तार र रोजगारी सिर्जना गर्नेमा उच्च प्राथमिकता नदिई नेपाललाई आत्मनिर्भर अर्थतन्त्र सहितको सामाजिक न्याय र समाजवादउन्मुख राज्यको परिकल्पना पूरा नहुने बताए । सबै नेपालीहरूको सोचमा नेपाली पन ल्याउन जरुरी रहेको प्रधानमन्त्री दाहालको भनाई छ ।

नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेको भन्दै अहिले किन परनिर्भर हुनुपर्ने अवस्था आयो। त्यसको खोजी गर्नु आवश्यक रहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले राज्यका कतिपय नीतिगत र कानुनी व्यवस्थाले घरेलु उत्पादनलाई प्रवर्द्धन गरी आत्मनिर्भर बनाउन नसकिएको स्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस