२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसइईमा ४ जिपिए ल्याउनेलाई एक लाख रुपैयाँ पुरस्कार

अ+ अ-

काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ ले एसइईमा उच्च अङ्क (जिपिए) हासिल गर्ने विद्यार्थीलाई एक लाख रुपैयाँको पुरस्कार दिने घोषणा गरेको छ ।

विद्यार्थीलाई मेहनत गर्न प्रोत्साहित गर्ने उद्देश्यले वडा कार्यालयले ५० हजारदेखि एक लाख रुपैयाँको पुरस्कार दिने निर्णय गरेको छ ।

वडा अध्यक्ष देवराज लामाले विद्यार्थीलाई उच्च शिक्षामा सहयोग पुगोस् भनेर पनि पुरस्कार प्रदान गर्न लागिएको बताए ।

गाउँपालिका–२, कार्य समितिको माघ २० गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । एसइईमा जिपिए ४.० प्राप्त गर्नेलाई एक लाख रुपैयाँ, जिपिए ३.६ भन्दा माथि ल्याउनेलाई ७५ हजार रुपैयाँ र जिपिए ३.२ भन्दा माथि ल्याउनेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

सो वडामा माध्यमिक तहको पठनपाठन हुने सर्वोद्धार माध्यमिक विद्यालय मात्र छ । तसर्थ सो पुरस्कारको कार्यक्रम सोही विद्यालयमा मात्र सीमित हुनेछ । उहाँले यसलाई आगामी वर्ष पनि निरन्तरता दिने बताए ।

अहिलेसम्म सो विद्यालयका विद्यार्थीले माथिल्लो जिपिए प्राप्त गर्न सकेका छैनन् । विद्यालयका प्रधानाध्यापक ज्ञान्जमान तामाङले विद्यार्थीका लागि पुरस्कार रकमले निकै ठुलो महत्त्व राख्ने बताए ।

विद्यालयमा ९९ प्रतिशत तामाङ र एक प्रतिशत मगर समुदायका विद्यार्थी अध्ययनरत छन् । यस वर्ष १८ जना परीक्षार्थी एसइईमा सहभागी हुँदै छन् ।

प्रतिक्रिया दिनुहोस