काठमाडौँ । परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले नेपाल भ्रमणमा आउने विदेशी अधिकारीहरूसँग सरकारले विकास सहायता र आर्थिक कूटनीतिमा छलफल गरेको बताएकी छन् ।
शुक्रवार संसद्को दुवै सदनको बैठकपछि संसद् भवन बानेश्वरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री पौड्यालले नेपाल भ्रमणमा आउने गरेका विदेशी अधिकारीहरूसँग विकास सहायता र आर्थिक कूटनीतिको कुरा भएको बताएकी हुन् ।
उनले दुई देशबीचका व्यापार सम्बन्धको विषयमा पनि कुरा भएको उल्लेख गरिन् । मन्त्री पौड्यालले भूराजनीतिक विषयमा कुनैपनि भ्रमणमा कुरा नभएको स्पष्ट पारिन् ।
उनले आफूहरूले मित्रराष्ट्रहरूलाई विकास साझेदार ठानेको बताइन् । विकास र कूटनीतिमा सहयोग मागेको पनि उनले बताइन् ।