काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले लिने विशेष परीक्षा आगामी चैत्र महिनामा हुने भएको छ । काउन्सिलले शुक्रवार सूचना जारी गर्दै विशेष परीक्षा आउँदो चैत्र १७ र १८ हुने जानकारी दिएको हो ।
यही २९ माघदेखि अनलाइन आवेदन फारम खुला गरिएको काउन्सिलले जनाएको छ । परीक्षणमा सहभागी हुन इच्छुक परीक्षार्थीलाई exam.nmc.org.np मा यही ३० माघदेखि २९ फागुनसम्म आवेदन फाराम बुझाउन समय सीमा तोकेको छ ।
विशेष परीक्षाको फारम २४ घण्टा भर्न र बुझाउनका लागि खुला रहने काउन्सिलले जानकारी दिएको छ । काउन्सिलका अनुसार परीक्षा ललितपुर पुलचोकमा कम्प्युटर प्रविधिबाट गरिने परीक्षा समिति नेपाल मेडिकल काउन्सिलले बाँसबारी काठमाडौँले जनाएको छ।
