काठमाडौँ । कृषि विकाश बैंक लिमिटेडले ठगी बढेको भन्दै सचेत रहन सेवाग्रहीहरुमा अनुरोध गरेको छ ।
सामाजिक सञ्जालमार्फत बैंकसँग सम्बन्धित फेटो प्रयोग गरी चिट्ठा, उपहार जस्ता विभिन्न आर्थिक प्रलोभन देखाई ठगी गर्ने बढेकाले सचेत रहन आग्रह गरेको हो ।
साथै बैंकले यस प्रकारको कुनै कार्यक्रम घोषणा नगरेको पनि जानकारी गराएको छ ।
