प्रमुख प्रशासकीय अधिकृतसहित चारजनालाई सफाइ « प्रशासन
Logo १९ चैत्र २०७९, आइतबार
   

प्रमुख प्रशासकीय अधिकृतसहित चारजनालाई सफाइ


२५ माघ २०७९, बुधबार


काठमाडौँ । विशेष अदालतले गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन कर्मचारीलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । 

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य बलभद्र बाँस्तोलाको बुधबारको इजलासले यस मुद्दामा प्रतिवादी बनाइएका ठेकेदारमाथि पनि कसुर ठहर नहुने फैसला गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २७ असार ०७८ मा उक्त गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित मुद्दा दायर गरेको थियो । 

वास्तविक कार्यभन्दा बढी परिमाणको दरले हुन आउने रकम बढाई विस्तृत लागत तयार गरेको, नापी किताब कार्यसम्पन्न प्रतिवेदन, गोश्वारा भौचरलगायतका कागजात बनाई भुक्तानी गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो । 

उक्त क्रममा तीन लाख ६८ हजार रुपैयाँभन्दा बढीको भुक्तानी गैर कानुनी रूपमा ठेकेदारलाई लाभ पुर्‍याउने हिसाबले भएको देखिएको थियो । यस मुद्दामा तत्कालीन अधिकृत शिवबहादुर गुरुङ, लेखापाल गङ्गाबहादुर घले र इन्जिनियर सुजन अंगाईविरुद्ध मुद्दा दायर भएको थियो 

उक्त सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी अमर गुरुङलाई समेत प्रतिवादी कायम गरिएको थियो । तर, विशेषले यस मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिने फैसला गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस