काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीमा मंगलबारदेखि सुरु हुने राम कथा प्रवचनका लागि भारतबाट मुरारी बापु लुम्बिनीमा आएका छन् ।
मंगलबारदेखि फागुन ३ गतेसम्म जारी रहने राम कथा प्रवचनका लागि उनी सोमबार लुम्बिनी आएको प्रदेश सांसद सिके गुप्ताले बताए ।
प्रेम यज्ञ समितिको आयोजनामा राम कथा प्रवचन लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा हुने जनाइएको छ ।
कथा प्रवचनमा रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायत सीमावर्ती भारतबाट आउने आयोजक समितिले जनाएको छ ।