पक्राउ परेका सांसद चौधरीलाई काठमाडौँ ल्याइयो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पक्राउ परेका सांसद चौधरीलाई काठमाडौँ ल्याइयो


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई काठमाडौँ ल्याइएको छ ।

बाँकेमा पक्राउ परेका उनलाई श्री एयरलाइन्सको विमानमार्फत काठमाडौँ ल्याइएको हो ।

१३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली-२ का सांसद अरुणकुमार चौधरीलाई काठमाडौँबाट धनगढी लगिने छ ।

कैलालीको गोराङ्गा खोलाबाट ढुङ्गा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । ट्याक्टरधनी मोतीपुरका महादेव बजगाईँले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए ।

ट्याक्टरमा आगजनी गरेको मुद्दामा ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

सम्बन्धित समाचार : पक्राउ परेका सांसद चौधरीलाई काठमाडौँ ल्याइँदै

सम्बन्धित समाचार : नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस