२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘१८ वर्षमै सांसद लड्न पाउने कानुन बनाऔँ’

अ+ अ-

काठमाडौँ । पूर्व-कानुनमन्त्री माधव पौडेलले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न योग्य उमेरलाई घटाएर १८ वा २० वर्षमा झार्नुपर्ने प्रस्ताव राखेका छन्।

बुधबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न पाउने उमेर सीमा घटाउनुपर्ने बताएका हुन्।

उनले प्रतिनिधिसभा सदस्य बन्न पाउने उमेर २५ वर्षबाट घटाएर १८ वा २० वर्ष राख्न उपयुक्त हुने बताए।

उनले नेपालमा पुरातनवादी परम्परालाई पछ्याएका कारण प्रतिनिधिसभा सदस्य बन्न पाउने उमेर २५ वर्षमै यथावत रहेकाले त्यसलाई सच्याउन आवश्यक रहेको बताए।

उनले मतदान गर्न पाउने तर उम्मेदवार बन्न नपाउने मान्यतालाई हटाएर नयाँ समयअनुसार परिवर्तन हुन सक्नुपर्ने बताए।

उनले भने, ‘अब हजुरहरूले संविधानमा पनि सुधार गर्न जरुरी छ। उमेर घटाउनुपर्छ। २५ वर्ष जुन प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नका लागि तोकिएको छ, यो १८औँ शताब्दीको कुरा हो, संसार कहाँ पुगिसक्यो, अमेरिका फ्रान्समा १९,२० वर्षका मानिसहरू मेयर भइरहेका छन्, हाम्रो नेपालमा २५ वर्ष पुग्नै पर्ने के छ ? युवाहरूलाई आकर्षित गर्न पनि २५बाट घटाएर १८ वा २० वर्षमा ल्याउनुपर्छ।’

पूर्व मन्त्री पौडेलले प्रतिनिधि सभा सदस्यको निर्वाचन नै ऐनमा तोकेर राख्न आवश्यक रहेको बताए। उनले विद्युतीय निर्वाचनलाई सुरुवात गर्नुपर्ने र निर्वाचन खर्चलाई कम गराउन आवश्यक रहेको बताए।

उनले अहिले राजनीतिक दलबाट प्रयोग भइरहेको समानुपातिक निर्वाचन प्रणाली विकृत रूपमा प्रयोग गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस