३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेमको आत्मदाहबारे १२ क्षेत्र र व्यक्तिमाथि अनुसन्धान गर्नुपर्ने प्रहरीको निष्कर्ष

अ+ अ-

काठमाडौँ । प्रेम प्रसाद आचार्यले आफैँलाई पेट्रोल छर्केर आत्मदाह गरेको घटनामा प्रहरीले मृतकले उठाएको विषयमा अनुसन्धान गरिरहेको छ । 

आत्मदाह अघि आचार्यले पोस्ट गरेको फेसबुक स्ट्याटस र उनको पत्नीले दिएको जाहेरीलाई आधार बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

सोमबार अनुसन्धान अधिकृतहरूले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग बयान लिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँमा गएर गुरुङले करिब ३ घण्टा बयान दिएका हुन् ।

आचार्यले उधारोमा समान लिएर भाटभटेनिले लामो समय पैसा नदिने र सो रकम घुमाएर आफैँले नाफा कमाउने गरेको आरोप लगाएका थिए । मृतकले फेसबुक स्ट्याटसमा भाटभटेनिले आफ्नो उत्पादनको पैसा नदिएको उल्लेख गरेका छन् ।

भाटभटेनी सुपर मार्केट जस्तै १२ प्रकारका क्षेत्र र व्यक्तिहरूमाथि अनुसन्धान गर्नुपर्ने प्रहरीको निष्कर्ष छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले १२ प्रकारका क्षेत्र र व्यक्तिहरूबारे अनुसन्धान भइरहेको बताए । अनुसन्धान पुरा भएपछि सरकारी वकिल कार्यालयसँग राय लिएर मुद्दा अघि बढाउने जानकारी दिए । 

प्रहरीले व्यवसायी उपेन्द्र महतोसँग पनि बयान लिएको छ । आचार्यले उपेन्द्र महतो र डा. समता प्रसादले चलाएको नेपाल गाग्रोध्योग कम्पनीलाई आफूले बेचेको घ्यूको पैसा नदिएको आरोप लगाएका थिए ।

गाडी विक्रेता कम्पनी सुजुकीको सिइओ र नक्सालस्थित शान इन्टरनेशल कलेजका अध्यक्ष सुवास आचार्यसँग प्रहरीले बयान लिएको छ ।

भाटभटेनीका सञ्चालकले आफूलाई लगाएको आरोपबारे अभिलेखले देखाउने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस