३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्ययन सकिने बित्तिकै केरुङ-काठमाडौँ रेलवेको काम अगाडि बढाइने

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटमा दुई देशको ऐतिहासिक सम्बन्धलाई असल छिमेकीका रूपमा अझै प्रगाढ बनाउने, निर्माण र पूर्वाधार अवस्था एवं सम्भावनाबारे महत्त्वपूर्ण छलफल भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठको विभिन्न चासो र सरोकारलाई राजदूत सोङ्गले बिस्तारमा जवाफ दिए।

त्यस क्रममा राजदूत सोङ्गले टोखा छहरे सडकको ‘इआइए’ प्रतिवेदन स्वीकृत गर्ने बित्तिकै चीनले थप कदम अगाडि बढाउने, ‘भिजिबिलिटी’ अध्ययन सकिने बित्तिकै केरुङ–काठमाडौँ रेलवेको काम अगाडि बढाइने, अरनिको राजमार्गको बिस्तार र मर्मतमा सहयोग गर्ने तथा नयाँ परियोजनाका लागि प्रस्तावहरू आएमा थप सहयोग गर्न तयार रहेको बताए।

चिनियाँ निर्माण कम्पनीले ठेक्का पाएकामध्ये कलङ्की–चाबहिल–चक्रपथ, नारायणगढ–बुटवल सडक र मुग्लिन–पोखरा सडक बिस्तारमा असाध्यै ढिलाइ भएको प्रति मन्त्री श्रेष्ठले चासो राखे। त्यसबाट जनताले सास्ती भोग्नुपरेको उनको भनाई थियो।

कलङ्की(चाबहिल खण्डको केही स्थानमा अझै साइट क्लियर नभएको र नारायणगढ–बुटवल तथा मुग्लिन–पोखरा सडक निर्माण ढिलाइबारे आवश्यक समन्वय गरेर समयमै सम्पन्न गर्न सहयोग गर्ने राजदुत सोङ्गको भनाई छ।

मन्त्री श्रेष्ठले सङ्खुवासभा–किमाथांका नाका खुलाउनेबारे समेत राजदूत सोङ्गको ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनुहोस