काठमाडौँ । कर्मचारी सञ्चय कोषको अध्यक्षमा नियुक्त अर्थ मन्त्रालयका सचिव(राजश्व) डा. राम प्रसाद घिमिरेले पद तथा गोेपनियताको शपथ लिएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार उनलाई शपथ खुवाएका हुन् ।
सचिव डा. घिमिरेलाई माघ ४ गते मन्त्रिपरिषद्ले कर्मचारी सञ्चय कोषको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । यस अघि तत्कालिन राजश्व सचिव तथा हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्कर कोष सञ्चालक समितिको अध्यक्ष रहेका थिए । पुष्कर सरुवा भएसँगै समितिको अध्यक्ष पद रिक्त रहेको थियो ।
कर्मचारी सञ्चय कोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ ।