काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने भएको छ ।
शुक्रबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट सेयर धनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले सेयर धनीलाई काल कायम रहेको चुक्ता पूँजी ३१ करोड २८ लाख ७५ हजार ४११ रुपैयाँको १९ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयर धनीमा वितरण हुनेछ ।