२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देही प्रशासनमा पनि ‘टाइम कार्ड’

अ+ अ-

भैरहवा । रुपन्देही जिल्ला प्रशासन कार्यालयले आजदेखि आफ्ना चार वटा सेवामा ‘टाइम कार्ड’ लागू गरेको छ ।

सेवालाई सहज ल्याउन तथा सेवामा समयप्रति देखिएको अन्यौँल हटाउन उक्त कार्ड लागू गरिएको हो । सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र तथा ई-पासपोर्टमा उक्त कार्ड लागू गरिएको छ ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समय नै तोकेर सेवा दिने तयारी गरिएको उनले बताए । ‘यसअघि पनि बडापत्रमा लेखिएअनुसार सोही दिन नै सेवा दिइरहेका थियौँ, तर यसले कति घण्टा प्रतीक्षा गर्नुपर्ने भन्ने सेवाग्राहीमा अन्र्यौल थियो ।’ सूचना अधिकारी अर्यालले भने, ‘टाइम कार्ड लागू भएपछि सेवाग्राहीले एउटा निश्चित समय पाउँछ र सो समयसम्म उसले अन्य काम पनि भ्याउन सक्छ ।’

उनका अनुसार कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समय सहितको एउटा टोकन वितरण गरिन्छ । टोकनमा सेवाग्राहीले सेवा पाउने समय र कोठा नम्बर उल्लेख हुन्छ । नयाँ नागरिकताको हकमा प्रमाण पुर्‍याएर १२ बजेभित्र पेस गर्ने निवेदकलाई १ बजे भित्र र दिउँसो १२ बजेदेखि ३ बजेसम्म पेस गर्ने निवेदकलाई ४ बजेभित्र नागरिकता प्रदान गरिन्छ ।

नागरिकताको प्रतिलिपिको हकमा प्रमाण पुर्‍याएर पेस भएका निवेदकलाई अभिलेख भिडेको एक घण्टाभित्र प्रतिलिपि दिइने छ । यस्तै अनलाइन फारम भरेर राष्ट्रिय परिचयपत्रका लागि आएका निवेदकले पनि एक घण्टाभित्रै सेवा पाउने सूचना अधिकारी अर्यालको भनाइ थियो । ई–पासपोर्टको लागि आउने सेवाग्राहीले प्रि–ईनरोलमेन्टको फारम भरेर आए तोकिएकै दिन र समयमै ईनरोलमेन्ट हुने र केन्द्रबाट प्राप्त भएका ई–पासपोर्ट टोकन प्रणालीअनुसार सोही दिन समय तोकेर वितरण हुनेछ ।

जिल्लाको सुशासन अभिवृद्धि, विकास र समृद्धिका कार्यालय लागि परेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । ‘यसका लागि प्रमाण पुर्‍याई सेवा लिन पेस भएका निवेदनमा सेवा सोही दिनमै सेवा दिने गरिएको छ ।’ उनले भने, ‘यसलाई अझै सहज बनाउन आजदेखि टाई कार्ड लागू गरेका हौँ, यसले सेवाग्राहीमा समयको सुनिश्चितताको साथै सेवा प्रतिको विश्वसनीयता बढ्ने अपेक्षा राखेका छौँ ।’

प्रजिअ पाण्डेले सेवाग्राहीका लागि टाई कार्ड लागू गरे पनि गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई भने टाइम कार्ड नचाहिने बताए । उनले यस्ता सेवाग्राहीको हकमा सोझै फाँटमा तोकिएको कर्मचारीलाई भेटेर सेवा लिन सकिने स्पष्ट पारे । उक्त कार्यालयमा दैनिक एक सय बढी नयाँ नागरिकता, ८० भन्दा बढी प्रतिलिपि, दुई सय जना भन्दा बढीको राष्ट्रिय परिचय पत्र बन्ने गरेको र दुई सय ५० भन्दा बढी ई–पासपोर्ट बन्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस