२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै दल एक ठाउँमा उभिनुपर्ने अहिलेको आवश्यकता हो : नेम्वाङ

अ+ अ-

काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले वर्तमान प्रतिनिधिसभामा दलहरूलाई मिलेर अघि बढ्न जनताको ‘म्यान्डेट’ रहेको बताएका छन् ।

संविधानसभामा मिलेर संविधान जारी गरेका र मिलेर नै लोकतान्त्रिक गणतन्त्रको आन्दोलन सफल पारेको भन्दै जनमतले दलहरूलाई अहिले पनि मिलेर अघि बढ्ने गरी सन्देश आएको बताए ।

उनले सबै मिलेर ल्याएको संविधान मिलेर नै अघि बढाउनुपर्ने भन्दै सबै दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता अहिले पनि रहेको बताए ।

नेम्वाङले भने, ‘म नकारात्मक कुरा गर्दिनँ । कमीकमजोरीका बाबजुद हामी लक्ष्यमा पुग्छौँ । हिजोको अनुभवलाई आधार बनाएर आज पनि राष्ट्रिय मुद्दाहरूमा सहकार्य गर्दै अघि बढ्न सक्षम हुनेछौँ भन्नेमा म विश्वस्त छु ।’

संविधानसभाको अध्यक्ष समेत रहेका पूर्व सभामुख नेम्वाङले नेकपा (एमाले)ले गरेको सबै गतिविधिमा सहभागी भएका देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न आह्वान गरे ।

उनले भने, ‘निरंकुशताविरुद्धको आन्दोलनदेखि पूर्वका पहाडी जिल्लाका जनजाति आन्दोलनसँग जुध्ने र वार्ता गर्ने भूमिकाबाट आउनुभएको व्यक्ति देवराज घिमिरे हो । एमालेले लिएका प्रत्येक काममा उहाँ संलग्न हुनुहुन्छ । ०५६ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएर क्रियाशील हुनुभएको हो । यस पटक झापा–२ का जनताको समर्थन लिएर हामीसमक्ष यो सदनमा आइपुग्नुभएको छ । यो प्रतिनिधिसभामा रहेका सम्पूर्ण राजनीतिक दलहरूको विश्वासलाई समेटेर यो संसद्को निष्पक्ष रेफ्रिका भूमिका खेल्नुहुनेछ भनेर म विश्वस्त छु । त्यसैले उहाँलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्न चाहन्छु । सिङ्गो प्रतिनिधिसभालाई सहयोग र समर्थन गर्न आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस