२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक स्थगित

अ+ अ-

धनगढी । सभामुख चयनका लागि सोमबार बिहान ९ बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।

पोखरामा आइतबार भएको विमान दुर्घटनामा सरकारले राष्ट्रिय शोकमा बिदा दिएका कारण बैठक स्थगित गरिएको हो ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बिहान बसेको सर्वदलीय बैठकले प्रदेश सभाको बैठक स्थगित गरेको हो ।

मङ्गलवार बिहान १० बजे बैठक बोलाउने सहमति पनि भएको छ । सोही बैठकमा सभामुख चयनका लागि मतदान हुनेछ ।

प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उक्त व्यवस्थाअनुसार सुदूरपश्चिममा सोमबार राति १२ बजेसम्म सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने थियो तर राष्ट्रिय शोकका कारण आजको दिनलाई गणना नगर्ने सहमति दलहरुबीच भएको छ ।

सभामुख चयनका लागि यसअघि २८ र ३० पुसमा मतदान भएको थियो । तर एमाले नेतृत्वको गठबन्धनका उम्मेदवार भीम भण्डारी र कांग्रेस गठबन्धनका मानबहादुर रावलले बहुमतका लागि आवश्यक पर्ने २७ मत नल्याउँदा पुनः मतदानमा गएको हो ।

३० पुसमा भएको पुनः मतदानमा सत्तारुढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा प्रदेशसभाले सभामुख नपाएको हो ।

प्रतिक्रिया दिनुहोस