२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजदेखि पृथ्वीबाट सहजै देख्न सकिन्छ दुर्लभ हरियो पुच्छ्रेतारा

अ+ अ-

काठमाडौँ । दुर्लभ हरियो पुच्छ्रेतारा आजदेखि पृथ्वीबाट सहजै देख्न सकिने भएको छ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको खगोलविद्ले बताएका छन् ।

आजदेखि झण्डै एक महिनासम्म हरियो पुच्छ्रेतारालाई नेपालबाट पनि हेर्न सकिने वीपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका निमित्त कार्यकारी  निर्देशक एवम् खगोलविद् डा. सनतकुमार शर्माले बताए । यो पुच्छ्रेतारा  निकै  चिसो  हिउँको  डल्लो  हो । यो सूर्य नजिक आउँदा वाष्पीकरण हुन्छ र निकै लामो मुस्लो निस्कन्छ ।

मुस्लो हरियो रङको पुच्छर आकारको देखिने भएकाले हरियो पुच्छ्रेतारा भनिएको हो । नेपाल  एस्ट्रोनोमिकल  सोसाइटी  (नासो) का  अध्यक्ष  सुरेश  भट्टराईका  अनुसार  अमेरिकाको  पालोमार  वेधशालामा  रहेको  ज्विकी  ट्रान्सिएन्ट  फेसिलिटी (जेटीएफ) बाट पहिलो पटक सन् २०२२ मार्च २ मा निश्चित गरिएको यो धुमकेतु वा पुच्छ्रेतारा सन् २०२१ जुलाई १० देखि सन् २०२३ जनवरी ६ सम्म चार हजार ९ सय ६२ पटक अवलोकन गरिएको छ । यसले सूर्यको वरिपरि आफ्नो कक्षमा परि भ्रमण गर्ने क्रममा आज सूर्यको सबैभन्दा नजिक पुग्ने हुँदा यसको अवलोकन गर्न सकिन्छ ।

नेपालबाट  यो  दुर्लभ  पुच्छ्रेतारालाई  ध्रुवताराको नजिकै एउटा टाउको र दुईवटा लामा र छोटा गरी तीनवटा पुच्छरका रूपमा देखिनेछ । यो पुच्छ्रेताराको अवलोकन नाङ्गो आँखाका साथै वाइनाकुलर तथा टेलिस्कोपबाट समेत गर्न सकिने अध्यक्ष  भट्टराईले  बताए । 

प्रतिक्रिया दिनुहोस