२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारमा नजाने शर्तमा मात्रै जसपासँग एकता हुन्छ : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी सरकारमा नजाने अवस्थामा मात्रै दुई दलबीच एकता हुने बताएका छन्।

अध्यक्ष नेपालले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न जसपा तयार भए दुई दलबीच एकताका लागि कुनै समस्या नहुने स्पष्ट पारेका छन्।

‘जसपा केन्द्र र प्रदेशमा सरकारमा जान खोजिरहेको छ। हामी रचनात्मक प्रतिपक्षमा बस्ने भनिरहेका छौँ। अन्य मुद्दामा केही समस्या छैन। सरकारको सहभागिताको सवालमा पछि हटे एकताका लागि कुनै समस्या छैन,’ नेपालले भने।

एकीकृत समाजवादीले जसपासँग एकताका लागि कार्यदल नै गठन गरेको छ। समाजवादीले महासचिव वेदुराम भुसालको संयोजकत्वमा विजय पौडेल, गङ्गालाल तुलाधर र प्रकाश ज्वाला सम्मिलित कार्यदल बनाएको छ।

समाजवादीसँगको एकताका विषयमा छलफलमा लागि जसपाले पनि राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी सहभागी कार्यदल बनाएको छ।

प्रतिक्रिया दिनुहोस