काठमाडौँ । प्रिमियर लिग क्लब एस्टन भिल्लाले स्पेनिस डिफेन्डर एलेक्स मोरेनोलाई अनुबन्ध गरेको छ ।
एस्टनले ला लिगा क्लब रियल बेटिसबाट मोरेनोलाई अनुबन्ध गरेको हो ।
मोरेनोले एस्टनसँग साढे ३ वर्षको सम्झौता गरेका छन् । २९ वर्षीय डिफेन्डरलाई १३.२ मिलियन पाउण्डमा एस्टनले अनुबन्ध गरेको हो ।
युनाई इम्री मुख्य प्रशिक्षक नियुक्त भएपछि एस्टनको यो पहिलो खेलाडी अनुबन्ध हो ।
मोरेनोले बेटिसका लागि १ सय २२ खेल खेलेका थिए । उनले एस्टनमा १५ नम्बरको जर्सी लगाउने छन् ।