३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लप्सीफेदी सबस्टेशन र प्रसारण लाइन अन्यत्र सार्न सकिँदैन : प्राधिकरण

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शंखरापुर नगरपालिका-३ बजिनीमा निर्माण गरिने अपर तामाकोसीको विद्युत् प्रसारण लाइन लप्सिफेदी सबस्टेशन अन्यत्र सार्न नसकिने प्रतिक्रिया दिएको छ ।

आफ्नो भूमि फिर्ता गर्न आन्दोलनरत स्थानीयलाई लक्षित गर्दै प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । स्थानीयले गरेका मागहरू पनि पूरा गर्ने प्राधिकरणले प्रतिबद्धता समेत जनाएको छ । 

प्राधिकरणले २०७४ सालमै स्थानीयको जग्गा अधिग्रहण गरी ७० जना जग्गाधनीको १७० रोपनी जग्गाको मुआब्जा दिएको जनाएको छ ।

जग्गाधनीलाई मुआब्जा वितरण भइसकेकाले सबस्टेशन अन्यत्र सार्न नसकिने विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।बजिनीका स्थानीय ९ दिनदेखि आन्दोलनमा छन् । प्राधिकरणको सबस्टेशन र हाइटेन्सनका कारण बैंकले जग्गा धितो नलिने, स्थानीयको स्वास्थ्यमा असर पर्नेलगायत मागहरू स्थानीयका छन् ।

आन्दोलनका क्रममा प्रहरीले दमन गर्ने गोली ताक्नेलगायत गतिविधिहरू गरेर आफूहरूलाई तर्साउने गरेको भन्दै स्थानीय झनै आक्रोशित बनेका छन् ।

आन्दोलनको सुरक्षार्थ गत बुधबार प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीका प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकीमाथि अनुसन्धान थालिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनले स्थानीयलाई ‘गोली टोक्दिऊ’ भन्दै पेस्तोल ताकेको खुलेको छ ।

सबस्टेशन निर्माणका लागि बोलपत्र आह्वान भई ठेक्का सम्झौताको काम भइसकेको पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले एसियाली विकास बैङ्कको लगानीमा सबस्टेशन र टावर प्याड सर्वेक्षणको काम अघि बढाएको जनाएको छ ।

काठमाडौँलगायत सिन्धुपाल्चोक, दोलखा, रामेछापमा प्रसारण लाइन वितरणका लागि लप्सी फेदीमा ४००, २२० र १३२ केभीका सबस्टेसन बन्ने योजना प्राधिकरणको हो । 

प्रतिक्रिया दिनुहोस