२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किन चाहन्छन् उपेन्द्र यादव नेकपा एससँग एकता गर्न ?

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले १४ वर्षदेखि पार्टीमा महाधिवेशनको सामना गर्नुपरेको छैन।

जब जब महाधिवेशनको कुरा उठ्छ यादवले पार्टी एकीकरण गर्छन् र नाम फेर्छन्। कानुनअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बनेको पार्टीले पाँच वर्षसम्म महाधिवेशन गर्नुपर्दैन।

स्रोतका अनुसार अहिले पनि अध्यक्ष यादव नेकपा एकीकृत समाजवादी (नेकपा एस) सँग एकता गरी महाधिवेशनपछि धकेल्न चाहन्छन्। यति बेला जसपामा पार्टी महाधिवेशन बोलाउन यादवलाई दबाब परेको छ । तर यादवले महाधिवेशनभन्दा नेकपा एससँग एकीकरणका लागि चासो देखाएका छन्। दुई पार्टी एकीकरण भए पाँच वर्षसम्म महाधिवेशन गर्नुपर्ने छैन।

जसपामा यादव निकट नेता भने महाधिवेशन धकेल्न नभई संसद्मा चौथो ठुलो दल बन्न नेकपा एससँग एकता गर्न खोजिएको बताउँछन्। यी दुवै पार्टीबिच एकता भए प्रतिनिधिसभामा सदस्य संख्या २२ पुग्छ। प्रतिनिधिसभामा जसपाका १२ र नेकपा एसका १० सांसद छन्। अहिले प्रतिनिधिसभामा २० सांसदसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो ठुलो दल छ।

यादव निकट एक नेता भन्छन्, ‘उहाँ (यादव) को भित्री चाहना एकीकृत पार्टीमा माधव नेपाल (नेकपा एसका अध्यक्ष) लाई संघीय परिषद्को अध्यक्ष बनाएर पहिलो स्थान दिने र आफू कार्यकारी अध्यक्ष बन्ने देखिन्छ। त्यस्तो भएमा नेकपा एसमा आबद्ध तराई मधेस केन्द्रित नेताहरू समेटिनेछन्। जस्तो रामचन्द्र झाले एमालेमा फर्कनुभन्दा जसपासँग मिल्न सजिलो ठान्नेछन्।’ रौतहटमा क्रियाशील नेकपा एसका कार्यकर्ताले एमालेसँग भन्दा जसपासँग एकीकरण गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन्।

अशोक राईलाई संसदीय दलको नेता नबनाएका कारण जसपाभित्र रहेका पहाडी समुदायका नेताहरू अध्यक्ष यादवसँग रुष्ट भएका छन्। अध्यक्ष यादवले नचाहेका कारण राई संसदीय दलको नेता हुन नसकेको भन्ने बुझाइ उनीहरूको छ। ‘जसपाभित्र पहाडी समुदायको ठुलो पङ्क्ति छ। कुनै पनि बेला यो पङ्क्ति पार्टीबाट अलग हुनसक्छ भन्ने चिन्ता यादवलाई छ। यस्तो हुन नदिन पनि यादव नेकपा एससँग एकीकरण गर्न खोज्दै छन्,’ स्रोतले भन्यो, ‘एकीकरणको प्रक्रिया अघि बढ्ने बित्तिकै जसपाभित्रको असन्तुष्टि पनि स्वतः हराउनेछ, पार्टी पनि ठुलो हुनेछ।’

यसै कारण यादवले नेकपा एससँग पार्टी एकीकरण गर्न पहाडी मूलका नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरेका छन्। श्रेष्ठ एमाले छाडेर जसपामा पसेका हुन। उनले एमालेमा रहँदा माधव नेपालसँग काम गरिसकेका छन्। त्यसैले श्रेष्ठलाई वार्ता टोलीको संयोजक बनाइएको हो।

प्रतिक्रिया दिनुहोस